रसुवाको भोटेकोशी नदिमा आएको बाढीले पुरिएको नुवाकोटको बेत्रावतीस्थित घरबाट एक वृद्धाको विजीवै उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका– १० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डीकाको सशस्त्र प्रहरीको टोलीले १० दिनपछि शनिबार सकुशल उद्धार गरेको हो ।
इन्सपेक्टर सुमन वि.क. को कमाण्डनेतृत्वको टोलीले उद्धार गरेर चन्डीकालाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको हो । उनको हाल छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।