Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

त्रिशुली ३ ए को सुरुङबाट उद्धार गरिएका २ जना मध्ये एकको अवस्था जटिल

शुक्रवार , भाद्र १९, २०८३

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ। ​

दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको अवस्था जटिल रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

महर्जनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको जनाइएको छ । ​

यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ ।

​नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहानै उनिहरुको उद्धार गरेको हो।

सम्बन्धित समाचार