Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

त्रिशुली ३ ए को सुरुङबाट ९ दिनपछि २ जनाको सकुशल उद्धार

शुक्रवार , भाद्र १९, २०८३

रसुवा बाढीपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका दुई जनाको उद्धार भएको छ ।

उनीहरूको ९ दिनपछि शुक्रबार बिहान उद्धार गरिएको हो । जलविद्युत्‌ आयोजनामा फसेका सञ्जय साह र कबीर महर्जनको उद्धार भएको हो ।

साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा सो आयोजनामा कार्यरत थिए ।

१० भदौमा भोटेकोसीमा आएको विनशाकारी बाढीपछि उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

सम्बन्धित समाचार