Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

११४ नेपाली नागरिकको सकुशल उद्धार गरि चिनले पठायो नेपाल

बिहिवार , भाद्र १८, २०८३

रसुवाको भोटेकोशी नदीमा बाढी आउँदा चीन तर्फ रहेका एक नाबालकसहित ११४ जना नेपाली नागरिकको चीनले सकुशल उद्धार गरि नेपाल पठाएको छ । 

रसुवाको भोटेकोशी नदिमा बाढी आउँदा काम विशेषले चीनको तिब्बत तर्फ  रहेका १ नाबालक सहित ११४ नेपाली नागरिकहरुलाई चीन सरकारले सकुशल उद्दार गरी नेपाल पठाएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार उनीहरुलाई सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाबाट नेपाल प्रवेश गराएको गराइएको हो । प्रहरीले सामाजिक सञ्जाल फेसबुक पेजमा एक भिडियो सेयर गर्दै तातोपानी नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गराइएको देखाइएको छ । 

नयाँ जीवन पाएका उनीहरुलाई नेपाल प्रवेश गर्दा सुरक्षाकर्मी र आफन्तहरुले खादा लगाएर स्वागत गरेको दृश्य भिडियोमा देख्न सकिन्छ । गत भदौ १० गते तीब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीले चीन र नेपाल तर्फ ठूलो धनजनको क्षती गरेको छ । 

 

 

 

 

 

सम्बन्धित समाचार