प्रधानमन्त्री बालेन्द्र शाहले प्रधान सेनापति सेनापती अशोकराज अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।
छलफलका क्रममा शाहले रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनका मामिलामा विस्तृत ब्रिफिङ लिनुको साथै उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी, उद्धार, राहत तथा घाइतेहरूको व्यवस्थापनका मामिलामा विस्तृत ब्रिफिङ लिएका हुन् ।
सचिवालयका अनुसार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहले उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।
शाहले अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिने जनाइएको छ ।
यसैगरी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यक्रम रहेको छ ।
छलफलका क्रममा प्रधानमन्त्रीले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न तथा सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन् ।