Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

त्रिशुली ३ ‘ए’ सुरुङको क्राउन हेड फोडियो, सुरुङ भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ब्लास्टिङको तयारी

आइतवार , भाद्र १४, २०८३

माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका मानिसको उद्धारका लागि खटिएको टिम सुरुङभित्र प्वाल पारेर प्रवेश गरिसकेको छ । 

उद्धार टोलीले दिउँसो २ः०० बजे सुरङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २×३ फिटको प्वाल बनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको उद्धारमा संलग्न अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री कार्यालयका अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।

सम्बन्धित समाचार