काठमाडौं । इरानमा भएका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपाली मध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना फर्किने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
आठ जना नेपालीहरु अझै इरानमा छन् । उनीहरु सबै सुरक्षित रहेको र उनीहरुसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको उनले बताए । मध्यपूर्वमा विकसित भएको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियाली रहेको उनले बताए ।
हाल इरान र इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरिएकोछ । सकेसम्म घरभित्रै बस्ने, सतर्क रहने, आवश्यक सावधानि अपनाउने, आ–आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।