Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

विदेशमा बसेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्न सक्ने

शुक्रवार , भाद्र ५, २०८३

विदेशमा रहेका नेपालीले अबदेखि त्यही रहेको नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारि चालक अनुमतिपत्र (लाइसेन्स ) प्रमाणीकरण गर्नसक्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा बिभागले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको छ ।

"विदेशमा रहेका नेपाली नागरिकहरुले नेपाल सरकार बाट जारी भएको सवारि चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेकोे नेपाली नियोगबाट लिन सकिने ब्यहोस सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ," विभागले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार