Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

सांसद गेलालको प्रश्न : जनतालाई अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ?

सोमवार , भाद्र १, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणी गेलालले मन्त्रीले मन्त्रालयको काम गर्नुको सट्टा अनुगमनका नाममा घुम्न जान नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गेलाले जनता मर्न लाग्दा अस्पताल जाने साधन नभएको तर मन्त्रीलाई रुघा लाग्दा भने हेलिकप्टर पठाउने गरिएको भन्दै आपत्ति जनाए ।

उनले भने, "मन्त्रीलाई सामान्य रुघा, खोकी लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन । अस्पतालमा डाक्टर हुँदैनन् ।"

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई लक्षित गर्दै सांसद गेलाले यस्तो बताएका हुन् ।

सुदूरपश्चिमको बैतडी पुगेका लम्साललाई रुघाखोकी लागेपछि सेनाको हेलिकप्टर मार्फत धनगढी हुँदै काठमाडौं ल्याइएको थियो । मन्त्री लम्साल जिल्ला-जिल्लामा पुगेर भिडियो बनाएर सार्वजनिक गरेको भन्दै आलोचना भैरहेका बेला सत्तापक्षकै सांसद गेलाले आज संसदमा यो विषय उठाएका हुन् ।

मन्त्रीहरु जिल्ला जिल्लामा गएर भिडियो बनाउँदैमा जनता खुसी नहुने उनको भनाइ रहेको छ ।

सम्बन्धित समाचार