Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

ब्रोड पीकमा निधन भएका तीन आरोहिको शव नेपाल ल्याइँदै

मंगलवार , श्रावण २६, २०८३

पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा निधन तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदैछ ।

निधन भएका मध्ये किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरको उडानमार्फत दिउँसो ४:४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिमपहिरोमा निधन भएका मध्ये पुरबहादुर गुरुङ (युक्ता) को शव नेपाल ल्याइसकिएको छ भने निर्मल पुर्जा (निम्सदाइ) को शव बेलायत लगिएको छ ।

दुर्घटनामा निधन भएका ६ नेपाली सहित १० पर्वतारोहीमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ ।

सम्बन्धित समाचार