Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

इरानी आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तामाङको शव नेपाल लिइँदै

शनिवार , श्रावण १६, २०८३

इरानले कुवेतमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली युवा सोमकुमार तामाङको शव आज नेपाल लिइने भएको छ । 

उनको शव शनिवार कुवेतको एयरवेमार्फत् नेपाल लिन लागिएको हो । बिहिवार इरानले कुवेतमा गरेको आक्रमणमा परी तामाङको ज्यान गएको थियो । 

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धीत कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

“यस दुःखद् घटनाप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ,” मन्त्रालयले भनेको छ । 

 

सम्बन्धित समाचार