Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

धनुषाको कडेरी मन्दिरमा एक व्यक्तिको हत्या

शुक्रवार , श्रावण १५, २०८३

धनुषाको सबैला नगरपालिका- १२ नरहरिचोक स्थित कडेरी मन्दिर परिसरमा एकजना व्यक्तिको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्या गरिएका व्यक्ति ४० वर्षीय बन्ठु राउत रहेका छन् ।

मन्दिर परिसरमा हत्या गरिएका बन्ठु मन्दिरको पुजारी नभई घुमी हिड्ने र मन्दिरमा सुत्न आउने व्यक्ति भएको धनुषा प्रहरीले जनाएको छ ।

घटना विशुद्ध आपराधिक व्यक्तिहरुबाट घटेको देखिएको दाबी गर्दै प्रहरीले यसलाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्नेतर्फ सहयोग पुर्याउन सबैमा प्रहरीद्दारा अपिल समेत गरिएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली खटि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

FB_IMG_1785475212144.jpg

सम्बन्धित समाचार