सरकारले विशेष गरी काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर खाली गरिहँदा एक जना सुकुम्बासी बागमती नदीमा मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा अन्दाजी ६० वर्षीय इन्द्र बहादुर राई रहेका छन् । परिवारका अनुसार इन्द्र बहादुर शुक्रबार बिहान मात्रै भत्केको घर हेर्न सक्दिँन भन्दै निस्किएका थिए । बिहान त्यस्तो भनेर निस्कीएका उनी दिउँसो मृत अवस्थामा फेला परेका उनकी श्रीमती सरिता राईले जानकारी दिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने मृतक इन्द्र बहादुर राईको परिवारसँग बुझ्ने काम भैरहेको जानकारी दिए ।