Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

भारतीय विदेश सचिव मिस्री नेपाल आउने

आइतवार , बैशाख १३, २०८३

भारतीय विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । विदेश सचिव मिस्री नेपाल आएपछि नयाँ सरकारलाई बधाई सन्देश दिने र प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणको टुंगो लगाउने बताइएको छ । 

मिस्रीले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुसँग मन्त्रालयमा छलफलको क्रममा छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने तय भइनसकेको बताए । साथै उनले नेपालका परराष्ट्र मन्त्रीसँग यसबारे निरन्तर छलफल भैरहेको पनि जानकारी दिए । 

यसअघि मोरिससमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबिच भेटवार्ता भएको थियो । सो भेटमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषयमा पनि छलफल भएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको निमन्त्रणा स्वीकार गरिसकेका छन् भने उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । 

 

सम्बन्धित समाचार