Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु

सोमवार , बैशाख ७, २०८३

गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । 

आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखान गाउँपािलका– ५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीय विनोद थापाको गए राती उपचारको क्रममा निधन भएको हो । 

घर भित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ पर्दा थापा गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार घाइते थापाको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा निधन भएको हो । 

सम्बन्धित समाचार