गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोष (एसएसएफ) बीच भएको बैठकले प्रवासी नेपाली श्रमिकको सामाजिक सुरक्षा मजबुत बनाउन नयाँ एमओयु गर्ने र सहकार्य विस्तार गर्ने निर्णय गरेको छ।
बैठकमा करिब २२ लाख दर्ता श्रमिकमध्ये नियमित योगदान न्यून रहेको विषय उठाइएको थियो। यसका लागि जनचेतना अभियान सञ्चालन गर्ने सहमति भएको छ।
निर्णयअनुसार कागजातविहीन श्रमिकका लागि स्व–योगदान व्यवस्था, मध्यपूर्व र युरोपमा कभरेज विस्तार, रोजगारदातासँग सम्झौता, तथा राष्ट्रिय परिचयपत्रलाई एसएसएफ प्रणालीमा जोड्ने योजना अघि बढाइनेछ।
साथै, एसएसएफ सुविधालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मापदण्डअनुसार अन्तर्राष्ट्रिय रूपमा लागू गर्न पहल गर्ने निर्णय पनि गरिएको छ।
यसका साथै, बैठकले दूतावाससम्बन्धी समस्या, विदेशमा अध्ययनरत विद्यार्थीहरूको सामाजिक सुरक्षा, म्यानपावर एजेन्सी सञ्चालन, भर्चुअल अभिमुखीकरण कार्यक्रम, विदेशी रोजगारी भुक्तानी संयन्त्र, र बैंकमार्फत नेपालमा एसएसएफ रकम स्थानान्तरण जस्ता व्यवहारिक मुद्दाहरू पनि छलफल गरेको छ।
हेर्नुहोस् बैठकले गरेका निर्णयहरुः
- १०० प्रतिशत एसएसएफ योगदान लागू गर्न नयाँ एमओयु तयार गर्ने,
- कागजातविहीन श्रमिकका लागि स्व–योगदानको व्यवस्था गर्ने,
- एसएसएफ भत्ताका लागि माग पत्र जारी गर्ने,
- मध्यपूर्व र पूर्वी युरोपमा एसएसएफ कभरेज विस्तार गर्ने,
- विदेशी रोजगारी दर्ता नवीकरण प्रभावकारी बनाउने,
- रोजगारदातासँग प्रत्यक्ष सम्झौता गर्ने,
- राष्ट्रिय परिचयपत्र (एनआईडी) एसएसएफ प्रणालीमा एकीकरण गर्ने,
- डी.बी. क्षेत्रीलाई केन्द्रीय फोकल प्वाइन्ट र समन्वयकर्ताको जिम्मेवारी दिने,