बिहीबार, भदौ २६, २०८२
बृहत् नागरिक आन्दोलनले जेन–जी आन्दोलनको नाममा राजसंस्था फर्काउने षडयन्त्र भएको भन्दै प्रतिक्रान्तिलाई परास्त गर्न आह्वान गरेको छ ।
बृहत नागरिक आन्दोलनले विहिवार एक विज्ञप्ति प्रकाशित गर्दै जेन–जी आन्दोलनका शहीदको लाशमाथि टेकेर सेनाको मध्यस्थतामा राजसंस्था फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र भएको आरोप लगाएको हो ।
जेन–जी आन्दोलनको ‘म्यान्डेट’ ‘गणतन्त्रविरुद्ध र सेनाको असंवैधानिक सक्रियता बढोस्’ भन्ने नभएको पनि दाबी गरेको छ ।