राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलरकुद मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।