नेपाली प्रविधि उद्यमीहरुले विकास गरेको एआईमा आधारित एकीकृत मार्केटिङ प्लेटफर्म विदेशी बजारमा समेत विस्तार गर्ने लक्ष्यसहित फिक्राभेन्चसले नयाँ प्रविधि विकास गरेको छ ।
कम्पनीको भिडियो निर्माणदेखी सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल विज्ञान सञ्चालन तथा उपभोक्ताको प्रतिक्रिया विश्लेषणका काम एउटै प्रणालीबाट गर्न सकिने प्लेटफर्म विकास गरेको जनाएको छ ।
विशेषगरी साना तथा मझौला व्यवसायीलाई लक्षित गरि प्लेटफर्म तयार गरिएको कम्पनीको भनाईछ ।
फिक्राभेन्चर्सका अनुसार प्लेटफर्मले व्यवसायीलाई मार्केटिङ सामग्री तयार गर्ने, सामाजिक सञ्जालमा प्रकाशन तथा समय निर्धारण गर्ने, विज्ञापन सञ्चालन गर्ने र त्यसको प्रभाव मापन गर्ने सम्मका काममा सहयोग गर्नेछ ।
प्राप्त प्रतिक्रियाका आधारमा नयाँ सामग्री तयार गर्न सकिने भएकाले यसलाई निरन्तर सुधारमा आधारित प्रणालीको रुपमा विकास गरिएको कम्पनीले जनाएको छ ।