Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

सम्पादक श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

सोमवार , भाद्र १, २०८३

जनाअस्थाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्दय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण करणको रिटमा सुनुवाई गर्दै श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको हो ।

व्यक्तिगत गोपनियता उल्लंघन गरेको एक युवतीले उजुरी दिएको भन्दै प्रहरीले साउन २७ गते श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

पहिलो पटक जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई ३ दिन थुनामा राख्न अनुमती दिएकोमा आज थप ४ दिन हितासतमा राखेर अनुसन्धान गर्न प्रहरिलाई अनुमती दिएको थियो ।

पत्रकार श्रेष्ठकि श्रीमतीले गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन ।

 

सम्बन्धित समाचार