Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

महिला प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ

मंगलवार , भाद्र ९, २०८३

काठमाडौंको नयाँ बानेश्वरमा डिउटीमा खटिएकी एक जना महिला प्रहरीमाथी हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका- २ घर भई काठमाडौं महानगरपालिका- १० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।

कठायतले बानेश्वरमा जथाभावी रुपमा बाटो काट्ने क्रममा डिउटीमा खटिएकि एक जना महिला ट्राफिकले सम्झाउदै पुलबाट बाटो काट्न सुझाव दिँदा उनले ती महिलामाथी हातपात गरेका थिए ।

हातपातमा उत्रिएका उनलाई प्रहरी टोलीले तत्काल पक्राउ गरेको थियो । उनिमाथी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार