Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

आज जेनजी सहिद दिवस, सार्वजनिक बिदा

मंगलवार , भाद्र २३, २०८३

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा आज भदौ २३ गते जेनजी शहीद दिवस मनाइँदैछ। दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

२०८२ साल भदौ २३ र २४ गते भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायतका विषयमा युवाहरूले गरेको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको थियो। आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए।

जेनजी शहीद दिवसका अवसरमा विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृतिसभा आयोजना हुँदैछन्। दिवसले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको योगदानको स्मरण गर्दै उनीहरूले उठाएका सुशासन, जवाफदेहिता र भ्रष्टाचारविरुद्धका सवाललाई फेरि बहसमा ल्याएको छ।

शहीदहरूको सम्झनामा आज सरकारी कार्यालय, शैक्षिक संस्था तथा अधिकांश सार्वजनिक निकाय बन्द रहनेछन्। भदौ १८ गते बसेको मन्त्रीपरिषद् बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

सम्बन्धित समाचार