मिस नेवाः नेपालको उपाधि तिशा शाक्यले जितेकी छन् ।
ललितपुर पाटनकी तिशाले १९ औँ संस्करणको मिस नेपाल नेवाःको उपाधि हात पार्न सफल भएकी हुन् । फाइटर फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा भएको मिस नेपाल नेवाः ११४६ मा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले उपाधि जितेकी हुन् ।
यो सँगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरिन् । तिशाले मिस नेवाः नेपालको मुख्य ताजसँगै गोदावारी नगरपालिकाको वेस्ट नेपाल भाषाको उपाधि समेत जितेकी छन् ।
प्रतियोगितामा सारिका महर्जन फस्ट रनरअफ तथा जेसिका श्रेष्ठ सेकेन्ड रनरअफ घोषित भए । उनीहरुले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।