तीन फिल्म कुमारी, रमिताको पिरती र बिगुलको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले शनिबार १२ बजेसम्मको अफिस बक्स रिपोर्ट सार्वजनिक गरेको हो ।
तीनमध्ये दिनेश राउत निर्देशित फिल्म कुमारी ले बक्स अफिसमा अन्यको तुलनामा बढि कमाई गरेको देखिएको छ । गत माघ २३ गतेबाट देशभर प्रदशनमा आएको फिल्म कुमारीले हालसम्म कुल ६४ लाख ४६ हजार १२६ रुप्रयाँ ग्रस कलेक्सन गरेको छ ।
युवा, युवतीको प्रेम कथामा आधारित यस फिल्मको यो अवधिमा १९ हजार ९ सय ५९ वटा टिकट बिक्री भएको छ । फिल्ममा अभिषेक खडका, आकृति राजभण्डारी, घनश्याम जोसी, सुनिता श्रेष्ठ र आकाङक्षा कार्कीको मुख्य अभिनय छ । फिल्मका कार्यकारी निर्माता केदार भुसाल र निर्माता महेन्द्र अधिकारी हुन् ।
त्यस्तै कुमारी संगै माघ २३ गतेबाट प्रर्दशनमा आएको अर्को फिल्म रमिताको पिरति ले २८ लाख ६८ हजार १४३ रुपैयाँ कलेक्सन गरेको छ । ८ हजार ७ सय ३७ जना दर्शकले हलमा पुगेर यो फिल्म हेरेका छन् ।
सुदिप्ता अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा आना र्शमा र विनय श्रेष्ठको मुख्य भुमिका रहेको छ । एक युवतीको प्रेम भावनालाई सुक्ष्म रुपमा प्रस्तुत गरिएको भनिएको यस फिल्ममा समिर श्रेष्ठ, गीयाना, गौमाया गुरुङ पशुपति राई लगायतको अभिनय रहेको छ । सागर लम्सालको लगानी रहेको यस फिल्मका कार्यकारी तिर्माता आना र्शमा र सन्तोष लम्साल हुन् ।
त्यस्तै, फागुन १ गतेबाट प्रर्दशनमा आयको फिल्म बिगुलले भने अपेक्षा अनुसारको व्यापार गर्न सकेन । बिुगलले ९ लाख २८ हजार ८६० रुप्रयाँ ग्रस कलेक्सन गर्दा २ हजार ७ सय २२ टिकट बिक्री भएको छ ।
फिल्म प्रर्दशनको केहि दिनमै निर्माता तथा कांग्रस नेता दिनेश कोइरालाले चुनावको कारण देखाउँदै प्रर्दशन स्थगित गरेका थिए । देशको वर्तमान राजनीतिक अवस्था र जनभावना समेटिएको भनिएको यस फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
बेनिशा हमाल, नरेश खड्का, निर शाह, रमेश बुढाथोकी जस्ता स्थापित कलाकार र नवअभिनेत्री मिरा पण्डीतको यसमा मुख्य अभिनय छ ।