Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

मानमर्दन भए अदालतमा मुद्दा हाल्न आईजीपीलाई सांसद सुनारको चुनौती

बिहिवार , भाद्र ४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा  हाल्न चुनौती दिएका छन् ।

लेखा समितिको बैठकमा बोल्दै सुनारले आईजीपी कार्कीमाथी आफूले उठाएको प्रश्नको जवाफ खोज्नुपर्ने बताएका हुन् ।

"कही कतै साथिहरुलाई मेरो मानमर्दन भयो भन्ने जस्तो लाग्छ भने यहाँ उता पट्टी अदालत छ गएर मुद्दा  हाल्नु," सांसद सुनारले भने ।

सार्वभौम समितिमा उपस्थित भएर मर्यादित ढंगले विषयको जवाफ दिनुपर्ने भन्दै उनले भने, "कठघरामा उभिएर म जवाफ दिन तयार छु । तर एउटा सार्वभौम समितिमा आएर जुहारी खेल्न पाईदैन । सरकारको मानमर्दन गर्न पाइदैन ।"

निश्चित बीचौलियाहरुले प्रहरी हेडक्वार्टर नै कब्जा गरेको सांसद सुनारको आरोप छ ।

"यही बीचमा प्रहरीले करोडौंको डेन्टर आह्वान गरेको छ । निश्चित बिचौलियाहरुले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिक छु, मजबुत छु," सुनारले समितिको बैठकमा भने ।

सम्बन्धित समाचार