Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

प्रचण्डको स्वकीय सचीवमा केशव रावल नियुक्त

बुधवार , भाद्र ३, २०८३

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक समेत रहेका प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन् ।

सिस्ने गाउँपालिका- ८ रुकुम पूर्व निवासी रावललाई संघीय संसदका पदाधिकारी तथा संसदहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऎन, २०७३ को दफा ५ (१) अनुसार प्रतिनिधि सभा सदस्यको रुपमा पाउने कर्मचारी सुविधा अन्तर्गत नियुक्त गरिएको हो ।

रावलले आज आफुलाई स्वकीय सचिवमा नियुक्त गरिएको पत्र सार्वजनिक गरेका हुन् ।

सम्बन्धित समाचार