भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने भएको छ ।
भाटभटेनीले भक्तपुरको राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो ।
भाटभटेनीले सुरुमा उपत्यकाका तीनै जिल्लामा एक-एक स्टोर चौबीसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो ।
सुरुमा भक्तपुरको राधेराधेस्थित सुपरस्टोर सोमबारदेखि चौबीसै घण्टा सञ्चालनमा आउने र त्यसपछी ललितपुर र काठमाडौंका एक-एक स्टोरपनी सञ्चालनमा आउने जनाइएको छ ।
भक्तपुरको स्टोर चौबीसै घण्टा सञ्चालनमा आएको एकसातापछी ललितपुरको कृष्ण गल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछी काठमाडौंको टंगालस्थित स्टोरपनी चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ ।