Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

विपद व्यवस्थापनमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

आइतवार , श्रावण ३१, २०८३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा विपद व्यवस्थापनका लागि सतर्क रहन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार आन्तरिक मामिला मन्त्रालयका सचीव तेजप्रकाश जोशीसँग प्रदेशको समग्र विपद जोखिमको अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र पूर्व तयारी, उद्दार तथा राहत व्ययवस्थापन र विपद प्रतिकार्यको लागि प्रदेश सरकारको तयारी बारे मुख्यमन्त्री भट्टले विस्तृत ब्रीफिङ लिएका हुन् ।

विपद व्यवस्थापनको लागि भएको तयारी, पूर्व तयारी तथा प्रतिकार्यका सम्बन्धमा जानकारी लिँदै उनले सबै निकायलाई सचेत त तयारी अवस्थामा रहन निर्देशन दिए ।

प्रदेशमा विपद सम्भावित घटना हुन सक्ने धनजनको क्षती न्यूनिकरण गर्न अपनाइएका उपाय, आवश्यक स्रोत, साधन तथा विपद प्रतिकार्यका लागि प्रदेशमा रहेका संयन्त्रको अवस्थाबारे समेत जानकारी दिइएको थियो ।

विपद जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई विशेष प्राथमिकता दिँदै आवश्यक सबै संयन्त्रलाई तदारुकताका साथ तयारी अवस्थामा राख्न मुख्यमन्त्री भट्टले निर्देशन दिए ।

सम्बन्धित समाचार