Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

शुक्रवार , श्रावण २९, २०८३

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँले नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता भटलाई आज नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मियाँले हिजो आज बिहान ११ बजे सम्मको समयसीमा दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

निर्धारित समयमा एमालेको समर्थमा भट्टको मात्रै एकल दाबी पेश परेको थियो । एकल दाबी पेश भएपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले हिजो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजिनामा दिएका थिए ।

शाहको राजिनामा लगत्तै प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।

सम्बन्धित समाचार