Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

देउवाले भने : पूर्वराजा ज्ञानेन्द्रले त सकेन्न, यिनिहरुले सक्छन ?

बिहिवार , श्रावण २८, २०८३

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँछ महिना विदेश उपचार सहित स्वास्थलाभ गरि आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा देउवा अवतरण हुनु अगाडि नै नेपाली कांग्रेस इतर समूहका नेता, कार्यकर्ता उपस्थित भएका थिए ।

विमानस्थलमा कार्यकर्ताको भव्य स्वागत पछि देउवा गाडी चढेर हात हल्लाउँदै कार्यकर्ताको भव्य स्वागतसँग सँगै इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका थिए ।

कार्यलयको बार्दलीबाट नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्दै देउवाले आफ्नो विगतको संघर्षको स्मरण गर्दै तत्काली शाही शासले समेत नसकेको दाबी गरे ।

‘यिनीहरूलाई भोलिदेखि हामीले देखाएर छोड्छौं । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ।‘मलाई अन्तरािष्ट्रय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौं भन्यो । यहीँ पनि मुद्दा हाल्यो । फाटाहा छन् यहाँ,’ देउवाले भने ।

सम्बन्धित समाचार