पाकिस्तानको ब्रोड पीक हिमपहिरोमा परि ज्यान गुमाएका पाकिस्तानी पर्वतारोही सोहेल साखीको शव फेला परेको छ ।
अप्लापाइन क्लब अफ पाकिस्तानका अनुसार साखीको शव फेला पारी आधार शिविर ल्याइएको छ ।
शिगरका स्थानीय स्वयंसेवकहरूको टोलीले आफ्नै पहलमा उक्त क्षेत्रमा खोजी गर्ने क्रममा शव फेला पारेको थियो, जसको पहिचान पछि साखीको रूपमा पुष्टि भएको जनाइएको छ ।
ब्रोड पीक आरोहणका क्रममा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध पर्वतारोरोही निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी गरि १० जना बेपत्ता रहेका थिए ।
यश अघि बेपत्ता १० मध्ये ७ जनाको शव फेला परिसकेको थियो भने पाकिस्तानी आरोही साखी सहित नेपाली आरोही नवाङ थिन्दु शेर्पा र अमेरिकी आरोही सारा म्यालोरी गेइस भने बेपत्ता थिए ।
खराब मौसमका कारण खोजी कार्य स्थगित गरिएको थियो । आज साखिको शव फेला परेसँगै नेपाली आरोही नवाङ र अमेरिकी आरोही गेइस शव बाँकी रहेको छ ।