Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

खोलाले बगाउँदा एक जना बेपत्ता

मंगलवार , श्रावण १९, २०८३

म्याग्दीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३५ वर्षीय भीम बहादुर घर्ती रहेका छन् । उनी जिल्लाको रघुगंङ्गा गाउँपालिका- ६ स्थित एकतारे खोलाले बगाउँदा बेपता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार भीमबहादुरले रघुगंङ्गा- ८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा बेपत्ता भएका हुन् ।

घर्तीलाई खोलाले बगाएको जानकी स्थानीयले दिएसँगै प्रहरी टोली परिचालन भई खोजी कार्य सुरु गरिए पनि हाल सम्म उनको अवस्था पत्त नलागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहानै बाट पुनः खोजी कार्य जारी रहेको छ।

सम्बन्धित समाचार