Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

देवानगन्ज घटना : सामाजिक र धार्मिक सद्द्भाव कायम राख्न सरकारको अपिल

मंगलवार , श्रावण १२, २०८३

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले हिंसा, उत्तेजना र भ्रामक सूचनाबाट प्रभावित नहुन तथा सामाजिक र धार्मिक सद्द्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, सञ्चार माध्ययम र सर्वसाधारणसँग अपिल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सह-सचीव एवम् प्रवक्ता हेमराज अर्यालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगन्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाएकाहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाइते र सुरक्षाकर्मीको शिघ्र स्वास्थ लाभको कामना गरिएको छ ।

घटनामा घाइते हुनेहरुको नि:शुल्क स्वास्थ उपचारको व्यवस्था मिलाइएको र घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिती गठन गरेको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

साथै घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उपर कडा कानूनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

FB_IMG_1785250688521.jpg

 

सम्बन्धित समाचार