व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नक्साल क्षेत्रबाट पक्राउ गरेको हो ।
विवादीत सेयर कारोबारका विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन अनुसार गोल्छासहित पाँच जनाको मिलोमतो भएको आशंका गरिएको छ । सोही प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बुझिएको छ ।
नेपाल उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष हुन् ।