प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अष्ट्रेलियाले बधाई दिएको छ ।
प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियका विदेश मन्त्री पेनी पेनी वोङले शाहप्रति बधाई ज्ञापन गरेकी नेपालस्थित अष्ट्रेलियन राजदूतावासले जनाएको छ ।
अष्ट्रेलीया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै विदेशमन्त्री वोङले दिएको बधाई सन्देशमा शान्त, स्थिर र समृद्धि एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताइएको छ ।