Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते

राजनीति

पत्रकारमाथिको धरपकड प्रहरीले गरेको हो, सरकारबाट अनुमती थिएन : मन्त्री पोखरेल

मंगलवार , कार्तिक १८, २०८३

सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले समाचार कक्ष भित्रै प्रहरी प्रवेश गरेको बारेमा त्यस्तो आदेश सरकारबाट नभएको भन्दै बचाउ गरेका छन् ।

प्रहरीले आन्तरिक अनुसन्धान र प्रकाशित समाचार कसरी भए भन्ने बारेमा बुझ्नका लागि मात्रै उक्त कार्य गरेको बताए ।

"प्रहरीको कतिपय आन्तरिक सूचना चुहावट भएको भनी उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजिनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो ? त्यसको तथ्य जाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नको लागि मात्रै सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो," मन्त्री पोखरेलले भने ।

मंगलबार मन्त्रीपरिषद बैठकपछी सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारबाट पूर्ण अनुमती लिएर उक्त कार्य प्रहरीबाट नभएको दाबी गरे ।

प्रधानमन्त्रीज्युलाई यस्तो जानकारी आउनासाथ कोही पनि पत्रकारलाई हिरासतमा नराख्न निर्देशन दिएको उनले बताए ।

सम्बन्धित समाचार