भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधवार नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणको तयारीको सिलसिलामा विदेश सचिव मिश्री बुधवार नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृत कुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्धिपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समिक्षा गर्नुको साथै आपसी हितका विभिन्न विषयमा छलफल आदान–प्रदान हुने मन्त्रालयले जनाएको छ ।
दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ।