Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

सोमवार , कार्तिक १७, २०८३

जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । 

जापानमा स्थायी बसोबास अनुमति पत्र (पीआर) रहेको र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा प्रश्न उठेपछि उनले नाम फिर्ता लिएका हुन्।

सोमबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठ (बोधकुमार श्रेष्ठ) ले थापाले पठाएको पत्र पढेर प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिएको विषयमा जानकारी गराए । 

“कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि हुन्छ, ” भन्दै नाम फिर्ता लिने निर्णय गरेको पत्रमा उल्लेख गरिएको जनाइएको छ । 

उनको गत असोज २८ गते संसदीय सुनुवाइ भएको थियो।

 

 

सम्बन्धित समाचार