Nov 04 2026 | २०८३, कार्तिक १९ गते

२०८३, कार्तिक १९ गते

राजनीति

प्रधानमन्त्रीलाई गगनको जवाफ : तर्साउने धेरै आए, तर्सिने बानी परेन

सोमवार , कार्तिक १७, २०८३

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कसैले तर्सान खोज्दैमा आफू नतर्सिने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत् सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो प्रतिकात्मक टिप्पणी गरेका हुन् । “अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,” सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

यस अघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत् नै चेतावनी पूर्ण रुपमा एक दुई जनाले उम्किन्छु भनेर सपना नदेखे हुने उल्लेख गरेका थिए । 

“सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,” प्रधानमन्त्री बालेन्द्रले हिजो सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । 

नेपाली कांग्रेसको आधिकारिकता विवादमा विचौलीयासँग १८ करोड लेनदेन भएको चर्चाकाबीच सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । यस अघि सचिवालयले एक विज्ञप्ति जारी गर्दै आधिकारीकताको विषयलाई विवादसँग जोडेको भन्दै आपत्ति जनाएको थियो । 

सरकारले आफ्नो विवादको विषयलाई विषयान्तर गर्न सभापति थापामाथि आरोप लगाएको भन्दै त्यस्तो षड्यन्त्रको प्रतिवाद गर्ने भन्दै चेतावनी समेत दिइएको थियो । 

 

 

सम्बन्धित समाचार