Oct 16 2026 | २०८३, आश्विन ३० गते

२०८३, आश्विन ३० गते

परराष्ट्र मन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

बिहिवार , आश्विन २९, २०८३

परराष्ट्र मन्त्री शिशिर खनाल र पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानबीच भेटवार्ता भएको छ ।

राजदूत खानले बिहिबार परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री खनालसँग भेटवार्ता गरेका हुन ।

मन्त्री खनालले पाकिस्तानी राजदूत खानलाई बधाई दिँदै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटवार्तामा उनिहरुबीच नेपाल र पाकिस्तानबीचको सहकार्यका क्षेत्रहरू विस्तार गर्ने तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको थियो ।

सम्बन्धित समाचार