सत्तारुढ दल रास्वपा सांसद अमरेश कुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सहि नहुने बताए ।
संसदीय सुनुवाइ समितिले साउदी अरेबीयाका प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुणामणी खरेलको नाम अस्वीकृत गरेपछि सांसद सिंहले यस्तो बताएका हुन् ।
लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने सांसद सिंहको भनाई रहेको छ ।
“राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्वपूर्ण अभ्यास हो,” उनले भनेका छन् ।
लोकतन्त्रमा बहुमतको शासन हुने र बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुने भन्दै सांसद सिंहले भनेका छन्,“यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा !”