त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले सहजीकरणको बाहनामा शंकास्पद गतिविधि गरेको आरोपमा हिमालयन एयरलाइन्सका कर्मचारी विमानस्थलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हिमालयन एयरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन् ।
श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेबापत बढी रकम असुल गरिएको गुनासो आएपछि विभागले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा इसेवामार्फत १४,००० रूपैयाँ ट्रान्जेक्सन भएको र सिसीटिभी फुटेजमा शङ्कास्पद क्रियाकलाप देखिएको पुष्टि भएको छ विभागले जनाएको छ ।
अध्यागम विभागले पक्राउ परेका कर्मचारी जैशीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको जनाएको छ ।