Oct 06 2026 | २०८३, आश्विन २० गते

२०८३, आश्विन २० गते

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

शुक्रवार , आश्विन ९, २०८३

एसियायी खेलकुद अन्तर्गत पुरुष टी- २० क्रीकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटको जित निकालेको छ ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेको क्षतीमा पूरा गर्यो ।

नेपाललाई जित दिलाउन सन्दिप जोराले सर्वाधिक ३४ र रोहित कुमार पौडेलले ३३ रनको योगदान दिए भने दिपेन्द्र सिंह ऎरीले १५ र कुशल मल्लले ९ रन जोडे ।

यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १०२ रनको योगफल बनएको थियो ।

अफगानिस्तानलाई सस्तैमा रोक्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ र ललित राजवंशीले ३ विकेट चट्काए । अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए ।

नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ ।

बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।

नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

सम्बन्धित समाचार