आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको एक दिवसीय श्रृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रीकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचीव पारस खड्का लगायत पदाधिकारीहरुले नेपाली टोलीको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा अध्यक्ष चन्दले नेपाली खेलाडी उच्च लयमा रहेकाले लिग- २ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई शुभकामना दिए ।
लिग- २ अन्तर्गत नेपाली टोलीले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ ।