Oct 05 2026 | २०८३, आश्विन १९ गते

२०८३, आश्विन १९ गते

१० हजार मिटर दौडमा ११ औं स्थानमा सन्तोषी

बिहिवार , आश्विन ८, २०८३

एसियाली खेलकुदको महिला १० हजार मिटरको दौडमा नेपालकी सन्तोषी श्रेष्ठले ११ औं स्थान हासिल गरेकी छन् ।

बिहिबार जापानको नयोगा सिटि मिजुओ पार्क एथलेटिक्स रंगशालामा सम्पन्न यो प्रतिस्पर्धामा १३ खेलाडी सहभागी थिए ।

सन्तोषीले ३६ मिनेट २०.८४ सेकेन्डमा दौड पूरा गरिन ।

यो प्रतिस्पर्धा बहराइनकि बिनफ्रेड याभिले संवरण, जापानकि नजोनी तनकाले रजत र भारतकी सिमाले कास्य पदक जितिन ।

सन्तोषीले अब सोमबार ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन ।

सम्बन्धित समाचार