Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

प्रधानमन्त्री शाह र नेपालका लागि जापानीज राजदूतबीछ भेटवार्ता

बुधवार , भाद्र ३१, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीसँग जापानी राजदूत तोरुले भेटवार्ता भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गरे ।

यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्नुहुँदै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्ताका क्रममा नेपाल-जापान आपसी सम्बन्धका विविध आयामहरुमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ जनाइएको छ ।

सम्बन्धित समाचार