उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त भएका छन् ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले अर्याललाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष कुलमान घिसिङले अर्याललाई सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक रुपमा स्वागत गरेका हुन् ।
अर्याल युवा अभियान्ता तथा ग्लोबल युथ तथा पार्लियामेन्टका संस्थापक अध्यक्ष हुन् ।
उनिसँगै कैलास श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रिय सदस्यका रुपमा पार्टी प्रवेश गरेका छन् ।