म्याग्दीमा हजुर आमाको हत्या गरेको आरोपमा नाती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको बेनी नगरपालिका– २ खबरा बस्ने २५ वर्षीय आशिष बरूवाल रहेका छन् । आशिषलाई आफ्नै ७२ वर्षीया हजुर आमा मन कुमारी घिमिरेको हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आशिषले धारिलो हतियार दाउ प्रहार गरी हजुर आमा मन कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले आशिषले सोही नगरपालिका– २ हाडेभिरबाट पक्राउ गरिएको हो ।
घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।