Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

चन्द्रीका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ : प्रधानमन्त्री

शनिवार , भाद्र २०, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीको एक घरबाट आज उद्धार गरिएकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको बताएका छन् ।

शाहले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै यो खबरले खोज तथा उद्धारमा अझै आफूहरु डटेर लागिरहेका छौं भन्ने सन्देश पनि रहेको बताएका छन् ।

आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले बेत्रावतीस्थित बाढीले बगाएको एक घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको थियो ।

"कतिपय आमाबुबाले आफ्नो ज्यानको अलिकति पनि परवाह नगरी, काँपिरहेका हातहरूले नातिनातिनाहरूलाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुभयो। लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो। बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरु समेत भाग्नुपर्यो। बाढी आउनु अघिसम्म हजुरहरू आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला। बेलाबेला आफैले पनि उहाँहरुलाई सघाउनु हुन्थ्यो होला। नातिनातिनाहरू हात हल्लाउँदै स्कूल गएको हेरिबस्नु हुन्थ्यो होला। उनीहरु आउने पर्खाइमा बाटोमा नजर पनि लगाइरहनु हुन्थ्यो होला। चौतारीमा बसेर छिमेकीहरूसँग वर्षौँको दुःख–सुख, अनुभव र ज्ञान बाँड्नुहुन्थ्यो होला," प्रधानमन्त्री शाहले लेखेका छन् ।

सम्बन्धित समाचार