पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा हिम पहिरोमा परि ज्यान गुमाएका मध्ये तीन नेपाली आरोहीहरुको शव नेपाल ल्याइएको छ ।
ज्यान गुमाएका मध्ये किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र निमा शेर्पाको शव केही बेर अघि काठमाडौं ल्याइएको हो ।
हिमपहिरोमा निधन भएका मध्ये पुरबहादुर गुरुङ (युक्ता) को शव नेपाल ल्याइसकिएको छ भने निर्मल पुर्जा (निम्सदाइ) को शव बेलायत लगिएको छ ।
दुर्घटनामा निधन भएका ६ नेपाली सहित १० पर्वतारोहीमध्ये एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ ।